काठमाडौं,कातिक ११ । राष्ट्रपति रामवरण यादवलाई सरकारले भीभीआईपी सुरक्षासहित काठमाडौंको भैंसेपाटी क्षेत्रमा सुविधासम्पन्न घरमा आवासको व्यवस्था गर्ने भएको छ। मुलुकको पहिलो राष्ट्रपति यादवलाई सरकारले जीवनभर भीभीआईपी सुरक्षा, सेवा र सुविधा प्रदान गर्न लागेको हो। बुधबार नयाँ राष्ट्रपति चयन हुने भएकाले वर्तमान राष्ट्रपतिको आवास व्यवस्था गर्न सरकारले यादवको इच्छाअनुसार भैंसेपाटी क्षेत्रमा तत्कालका लागि भाडामा घर खोजिरहेको अन्नपूर्ण पोस्टमा खबर छ।
राष्ट्रपति यादवले नयाँ राष्ट्रपतिले शपथ लिएलगत्तै शीतल निवास छाड्ने तयारी गरेका छन्। तर सरकारले उनको आवासका लागि अझैसम्म नयाँ घर तय गरिनसकेकाले केही दिन ढिला हुन सक्ने बताइएको छ।
पूर्वराष्ट्रपतिको हैसियतमा यादवलाई सचिवालय, नेपाली सेनाको सुरक्षा, आवास सुविधासहित अन्य सुविधा सरकारले प्रबन्ध गर्नेछ। ‘केकति सेवासुविधा दिने भन्ने विषय निर्णय हुन बाँकी छ तर पूर्वराष्ट्रपतिलाई सबै सुविधा दिनेमा कुनै शंका छैन’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने।
यादव निकट स्रोतका अनुसार उनले कुनै सेवामूलक सामाजिक संस्था खोलेर परोपकारी काम गर्ने मनस्थिति बनाएका छन्।
Tuesday, October 27, 2015
राष्ट्रपति यादव भीभीआईपी सुविधासहित भैंसेपाटी सर्ने
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment