Monday, October 12, 2015

नवनियुक्त प्रधानमन्त्री ओलीले जनताको नाममा लिए सपथ

काठमाडौं, असोज २५ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा सपथ लिएका छन्। राष्ट्रपति रामवरण यादवबाट उनले सपथ ईश्वरका नाममा नभएर जनताका नाममा सपथ लिएका छन्। ओलीले सपथ ग्रहण गरेपछि सपथ ग्रहण पत्रमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रपतिबाट विजयकुमार गच्छदार र कमल थापाले उपप्रधानमन्त्रीको रुपमा सपथ खाएका छन् । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का तर्फबाट गच्छदार उपप्रधानमन्त्री भएका हुन् भने कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट उपप्रधानमन्त्री भएका हुन् ।

सपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति परमानन्द झा, पूर्व प्रधानमन्त्री सुशील कोइरालासहित उच्च पदस्थ अधिकारीहरु उपस्थित छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts