Wednesday, October 14, 2015

मृत घोषित व्यक्ति पोस्टमार्टम गर्न लाग्दा ब्युँतिएपछि…

एजेन्सी । मुम्बईको सायन क्षेत्रको अस्पतालमा अनौठो घटना भएको छ । चिकित्सकहरुले मृत घोषित गरिएको व्यक्ति पोस्टमार्टम गर्नु केही समयअघि उठेपछि चिकित्सक र अन्य कर्मचारी अचम्मित भएका छन् ।

५० वर्षीय यी सुकुम्बासीलाई एक वरिष्ठ चिकित्सकले मृत घोषित गरेर तुरुन्तै मोर्टुअरीमा लगिएको थियो, जुन अस्पताल नियमविपरीत हो । मरिसकेका भनिएको विरामीलाई पनि दुई घण्टासम्म वार्डमा राख्नुपर्ने चिकित्सा नियम छ । प्रकाश नामका यी मानिसमा स्वास प्रस्वाससम्वन्धि रोग रहेको र प्रहरीले ल्याउँदा अवस्था नाजुक भइसकेको बताइएको छ । उनलाई बस विसौनीमा अचेत अवस्थामा फेला पारिएको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts