Wednesday, October 14, 2015

सभामुख र उपसभामुखद्वारा राजीनामा

काठमाडौं, असोज २७ । सभामुख सुवासचन्द्र नेम्वाङ र उपसभामुख ओनसरी घर्तीले पदबाट राजीनामा दिएका छन्। आज सभामुखले उपसभामुखलाई र उपसभामुखले सभामुखलाई राजीनामा पत्र बुझाएका हुन्। नयाँ संविधानको सक्रमणकालिन व्यवस्था अनुसार सभामुख र उपसभामुख चयन प्रक्रिया शुरु गर्नुपर्ने भएकोले राजिनामा दिएर दलहरुलाई सहमतिका लागि मार्ग प्रसस्थ गरिदिएको नेम्वाङले बताए । सभामुख र उपसभामुख दुवैले राजिनामा दिएपछि संसदको बुधवार ३ वजे हुने बैठक संसदको जेष्ठ सदस्यको अध्यक्षतामा हुने छ ।

आजको बैठक जेष्ठ सदस्य नेपा पार्टीको सांसद लक्ष्मण राजवंशीको अध्यक्षतामा हुने छ । संविधानको व्यवस्था अनुसार सभामुख र उपसभामुख चयन गर्न भोली मनोनयन र पर्सी चुवान गर्ने तयारी छ । व्यवस्थापिका संसदको कार्यसंचालन नियमावली–२०७० अनुसार सभामुखले उपसभामुख समक्ष र उपसभामुखले सभामुखसमक्ष राजीनामा बुझाउनु पर्छ। सभामुख र उपसभामुख दुवैले राजीनामा दिएपछि संसदको जेष्ठ सदस्यले बैठक संचालन गर्ने नियमावलीमा उल्लेख छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts