Monday, July 11, 2016

डा केसीको समर्थनमा रेजिडेन्ट डाक्टर्स एसोसिएसन

‘रेजिडेन्ट डक्टर्स एसोसिएसन’ ले डा. गोविन्द केसीको अनशनमा आफ्नो समर्थन रहेको भन्दै उनका मागहरु तुरुन्तै पूरा गर्न माग गरेको छ ।

नेशनल रेजिडेन्ट डाक्टर्स एसोसियसनका तर्फबाट अध्यक्ष डा. लिजन महर्जनले २६ असारमा विज्ञप्ति जारी गर्दै डाक्टर केसीका सबै मागहरुप्रति एशोसिएसनकोे सर्मथन रहेको बताएका हुन् ।

एसोसियसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “डा. केसीको आठौँ अनशनका क्रममा उठाइएका मागहरुको सम्बन्धित निकायबाट यथाशिघ्र सम्बोधन होस् र यस अनशनलाई अबिलम्ब निष्कर्षमा पुर्‍याइयोस् भन्ने हाम्रो संस्थाको माग छ ।”

सरकारसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन हुन नसकेको र चिकित्सा शिक्षा ऐन बनाउने विषयलाई गम्भीरतापूर्वक अघि नबढाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

 

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts