Monday, July 11, 2016

लोकमानसिंह कार्कीलाई तीन दिन भित्र जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं-  सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदालतको अपहेलनामा किन कारबाही नगर्ने भन्दै तीन दिन भित्र जवाफ दिन आदेश गरेको छ।
न्यायाधीश गोविन्द कुमार उपाध्यायको एकल इजालसले अपहेलना मुद्दामा जवाफ माग्दै यस्तो आदेश गरेको हो। पत्रकार कनकमणी दिक्षितकी श्रीमति शान्ता दिक्षितले दर्ता गराएको अपहेलना मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश गरेको हो।
सर्वोच्च अदालतले यस अघि भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्दा आरोपित व्याक्तिहरुलाई सार्वजनिक चर्चाको विषय नवनाई गोप्यरुपमा अनुसन्धान गर्नुपर्ने र मुद्दाको ठोष प्रमाण प्राप्त भएपछि मात्र अनुसन्धानका लागि बोलाउनु पर्नेमा पटक पटक सार्वजनिक पत्र लेख्दै दिक्षित परिवारको मानहानी गरेको भन्दै सान्ताले सर्वोच्चमा निवेदन दिएकी थिइन्। उनको निवेदनमा सर्वोच्चको आदेशलाई अटेर गर्दै कार्कीले व्याक्तिगत रिसिवी देखाउन पत्र पठाउने गरेको दावी गरेकी थिइन्।
भ्रष्ट्राचारको मुद्दामा अनुसन्धानका लागि पक्राउ गरि अख्तियारको हिरासतमा राखि अदालतको आदेशमा छुटेका दिक्षित परिवारको यो दोस्रो मुद्दा हो। दिक्षित परिवारले सरकारी सम्पत्ति कब्जागरी अकुत आर्जन गरेको र साझा यातायात संचालन गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ।
सर्वोच्चको यो आदेश पछि कार्कीले तीन दिन भित्र दिक्षितको अनुसन्धाको बारेमा सर्वोच्चलाई जवाफ दिनु पर्ने छ। सर्वोच्चलाई कार्कीको जवाफ चित्त नवुझेमा सजायँ गर्न सक्ने कानुनी व्यवस्था छ। सर्वोच्चले अपहेलना भएको ठहर गरेमा दश हजार जरिवाना र एक बर्ष जेल सजायँ वा दुवै सजायँको फैसला गर्न सक्छ।

-nagarknews

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts