Friday, July 15, 2016

टर्कीमा सैनिक कु:देशभर कर्फ्यू,फेसबुक, ट्वीटर र युट्युबमा प्रतिबन्ध

एजेन्सी,साउन १ । टर्कीमा सैनिक कु अर्थात सत्ता हत्याउने प्रयास भएको छ । सेनाको एउटा समूहले राष्ट्रिय टेलिभिजनमा प्रसारण गरेको एउटा विज्ञप्तिमा भनिएको छ, मुलुक अहिले सेनाको नियन्त्रणमा छ।
राजधानी अंकारामा विस्फोटहरु सुनिएको छ र बख्तरबन्द गाडीहरु संसदबाहिर तैनाथ गरिएको छ।

प्रजातान्त्रिक संविधान निलम्बन गरी नयाँ संविधान लागु गरिएको सेनाले जारी गरेको बयानमा उल्लेख छ । सेनाको बयान राष्ट्रिय टेलिभिनबाट प्रशारण गरिएको हो । देशभर कर्फ्यू लगाइएको सेनाले जनाएको छ । स्थानबुलसहितका मुख्य शहरमा सेना परिचालन भएको तथा राजधानी अंकारामा सेनाका विमान उडेको बिबिसीले जनाएको छ ।
सेनाका कुन स्तरका अधिकारीको समर्थन कुमा छ भन्ने खुलेको छैन । सेनाका केही उच्च अधिकारीलाई बन्धक बनाइएको खबरमा उल्लेख छ । इस्थानबुलमा रहेको प्रहरीको मुख्यालय अगाडि गोली हानाहानको आवाज सुनिएको छ । सेनाको गाडीले इस्तानबुल र अंकाराको विमानस्थलहरु बन्द गरेका छन्।

इस्तानबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडानहरु रद्द गरिएका छन्। छुट्टीमा रहेका राष्ट्रपति रिजेप तय्यीप एर्दोआनले इस्तानबुल फर्किन लागेको र कु विफल हुने बताएका छन् । टर्कीमा सेनाले कु गरेपछि सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लागेको छ । टर्कीमा फेसबुक, ट्वीटर तथा युट्युब खुलेका छैनन् । सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिए लगतै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हुन सक्ने बेलायती पत्रिका द गार्डियनको अनलाइन संस्करणले उल्लेख गरेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts