काठमाडौं, साउन १ । बेलायत गएको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार तेस्रो जित दर्ता गरेको छ । यस अघि दुई खेलमा जित निकालेको नेपाली टोलीले शनिबार राति भएको तेस्रो अभ्यास खेलमा बेलायतको क्रिकेट क्लब कन्फ्रेन्सलाई चार विकेटले हराउँदै तेस्रो जित निकालेको हो । टस हारेर कन्फ्रेन्स क्लबले दिएको दुई सय २७ रनको लक्ष्य नेपाली टोलीले ४६ दशमलव १ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका कप्तान पारस खड्काले ६६ बलमा ६७, अनिल मण्डलले ६४ बलमा ४३, ज्ञानेन्द्र मल्लले ४३ बलमा ३६, शरद भेशवाकरले १९, राजु रिजालले नटआउट १७ तथा राजेश पुलामी मगरले नटआउ १६ रन बनाए । कन्फ्रेन्स क्लबका लुके च्याम्पम्यानले तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कन्फ्रेन्स क्लबले पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर २ सय २६ रन बनाएको हो । नेपालका लागि सोमपाल कामी र सन्दिप लामिछानेले २र२ तथा पारस खड्का र करण केसीले १र१ विकेट लिए । कन्फ्रेन्सका स्टिभ सिलउडले ६७ तथा सागर पटेलले ६५ रन बनाए । यसअघि बुधबार फ्रि फोरेस्टर क्लबसँग भएको ४० ओभरको खेलमा नेपाल १ सय २९ रनले विजयी भएको थियो । यस्तै बिहीबार भएको ट्वेन्टी–ट्वेन्टी खेलमा नेपालले इन्डियन जिमखानालाई २० रनले हराएको थियो ।
Friday, July 15, 2016
कन्फ्रेन्सलाई चार विकेटले हराउँदै नेपाली टोलीको लगातार तेस्रो जित
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment