Friday, July 8, 2016

राजधानीको बधशालामा स्याउँस्याउँती किरैकिरा(फोटोफिचर)

काठमाडौं,असार २४ । राजधानीमा विक्रि हुने मासु पसलमा किरैकिरा फेला परेको छ । १५ वर्षदेखि सतुङ्गलमा सञ्चालन हुँदै आएको एक मासु पसलमा त्यस्तो फेला परेको हो । राजधानीको सतुङ्गलमा सञ्चालन हुँदै आएको मोजमिट सेन्टरमा अनुगमनका क्रममा स्याउँस्याउँती किरा फेला परेको भेटिएको छ ।

ढक तराजु नापतौल विभागमा दर्ता नगरेको, बधशाला अत्यन्तै फोहर रहेको र उक्त मासु पसलमा मासु बेच्नका लागि आवश्यक सामान्य मापदण्डसमेत पुरा नगरेको फेला परेको छ । आपूर्ति मन्त्री गणेशमान पुनको नेतृत्वमा गएको विशेष अनुगमन गर्ने क्रममा यस्तो फेला परेको हो । आपूर्ति मन्त्री गणेशमान पुनले बधशालालाई तत्काल शिल गरेर कडा भन्दा भन्दा कडा कारबाही गर्न निर्देशन दिएका छन् ।

77aaad599a63eb384775f7ee9e0513821467952791 c27126612f8100f677196904358b0dd31467952780

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts