एजेन्सी,असार २४ । अमेरिकाको डलासमा चार प्रहरीको गोली हानी हत्या भएको छ । अमेरिकाको डालसमा एक विरोध प्रदर्शनका क्रममा बन्दुकधारीले चार प्रहरी अधिृकतलाई गोली हानेर हत्या गरेका हुन् । मिनेसोटा र लुइसियानामा काला जातिका युवकहरुमाथि प्रहरीले चलाएको गोलीले उनको मत्यु भएको विषयमा अमेरिकाको डालसमा प्रर्दशन गरिएको थियो ।
प्रर्दशनका क्रममा काला जातिका युवाहरुको हत्याको बदलामा प्रर्दशनकारीले गोली चलाएको अनुमान गरिएको छ । प्रदर्शनको क्रममा अचानक गोली चलेपछि भागदौड मच्चिएको थियो । प्रहरीले गोली प्रहार गरेको आशंकामा एक जनालाई पक्राउ गरेको छ र उनीसँग विस्फोटक पदार्थ भए नभएको अनुसन्धान गरिरहेको छ।
यो हप्ता अमेरिका प्रहरीले चलाएको गोली लागेर दुई अश्वेत नागरिकको मृत्यु भएपछि रङका आधारमा प्रहरीले कालाहरुमाथि गोली चलाएको भन्दै विरोधमा प्रदर्शन भइरहेका छन्। गत मंगलबार लुजियानामा प्रहरीको गोली लागी ३७ वर्षिय एण्डिल स्टेर्लिङको मृत्यु भएको थियो भने बुधबार प्रहरीको गोली लागेर ३२ वषिर्य फिलान्डो क्यास्टाइलको मृत्यु भएको थियो।
No comments:
Post a Comment