काठमाडौं,असार २८ । आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारका लागि दौडधूप थालेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दुई ठूला दल कांग्रेस र एमालेले समर्थन नगर्ने जनाउ दिएका छन् ।सहमतीय सरकार बन्ने सम्भावना कम देखिएपछि प्रचण्ड बहुमतीय सरकारको विकल्पमा जाने नजाने द्विविधामा छन् । सहमतीय सरकार बन्न सम्भव नरहेको बताउँदै आएको कांग्रेसले बहुमतीय सरकारका लागि भने प्रचण्डलाई समर्थन गर्ने संकेत दिएको छ ।
अहिलेको गठबन्धनबाट अलग भएपछि मात्रै कांग्रेसले त्यसबारे औपचारिक निर्णय लिने स्रोतले बतायो । त्यसका लागि कांग्रेस नेताले पहिले सरकार छाडेर आउनु पर्ने अडान दोहोर्याए ।
राष्ट्रिय सरकारका लागि समर्थन खोज्न गएका प्रचण्डलाई कांग्रेस सभापसित देउवाले सम्भव नभएको जवाफ दिए । कांग्रेस संसदीय दलमा सोमबार अपरान्ह देउवा र प्रचण्डबीच छलफल भएको थियो । प्रचण्डसँगको छलफलपछि कांग्रेस सभापति देउवाले सम्भावना नै नभएको सहमतीय सरकारका लागि कांग्रेसले समर्थन दिन नसक्ने जवाफ दिएको बताए । (कान्तिपुर दैनिक)
No comments:
Post a Comment