Monday, July 11, 2016

वायुसेवा निगमका ८ मध्ये ६ जहाज थन्किए

काठमाडौं,असार २८ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने ८ मध्ये ६ वटा जहाज उड्नै नसक्ने गरी थन्किएका छन्। आम्दानीको मुख्य माध्यम जहाज नै थन्किएपछि निगम अहिले अप्ठेरो परिस्थितिमा छ। अन्तर्राष्ट्रिय उडान गरिरहेका चारमध्ये तीनवटा र आन्तरिक उडान गर्ने चारमध्ये तीनवटै जहाज एकपछि अर्को गर्दै ग्राउन्डेड भएका छन्।

नयाँ जहाज थपेर विस्तारै आफ्नो छवि सुधार्दै गइरहेको निगम स्वदेशी तथा विदेशी गन्तव्यमा दुवैतर्फ लगभग सून्य जहाजको अवस्थामा आएपछि छवि धूमिक मात्र नभई अब व्यापारिक हिसावमा पनि पछाडि पर्न थालेको छ।

‘आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरिहेका ८ थान जहाजमध्ये अहिले ६ वटा ग्राउन्डेड छन्,’निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले भने,‘अधिकांश जहाज प्राविधिक समस्याका कारण ग्राउन्डेड भएका हुने भने अन्तर्राष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाजचाहिँ चरा ठोक्किएर थन्किन पुग्यो।’ उनका अनुसार गत बिहीबार काठमाडौंबाट हङकङ उडान गर्न धावनमार्गमा कुदिरहेका बेला ‘ए३२०–२००’ सिरिज जहाजमा चरा ठोक्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको थियो नागरिक दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts