Thursday, July 7, 2016

शशांकको स्वास्थ्यमा ‘चमत्कारिक’ सुधार, अझै खतरामुक्त छैनन्

काठमाडौं,असार २३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको उपचारमा संलग्न चिकित्सकहरुले उनको स्वास्थ्यमा आएको सुधारलाई चमत्कारको संज्ञा दिएका छन् । तर, अझै खतरामुक्त भने नरहेको बताएका छन् । कोइराला मंगलबार साँझ ओम अस्पताल भर्ना भएका थिए । तर, राति बेहोस् भएपछि अवस्था गम्भिर बनेको थियो ।

उनलाई निमोनिया भएको थियो भने रगतमार्फत शरीरको सबै भागमा संक्रमण फैलिएको थियो । तर, बुधबार साँझबाट भने उनको स्वास्थ्यमा सुधारको संकेत देखिएको थियो । बिहीबार दिउँसो उनलाई भेन्टिलेटरबाट निकालिएको छ । र, साँझ अस्पतालले पत्रकार सम्मेलन गरेर कोइरालाको स्वास्थ्य निकै सुधार भएको बताए । यो एक प्रकारको चमत्कार नै भएको कोइरालाको उपचारमा संलग्न डा. लव जोशीले बताए । ‘पहिला (हिजो) बचाउन सकिन्छ कि सकिँदैन भन्ने थियो’ उनले भने, होसमा ल्याउन हामीले आधा घन्टासम्म प्रयास गर्छौं । तर, उहाँ छिट्टै रिकभर हुनु भो । उसलाई एक प्रकारको चमत्कार नै मान्नुपर्छ ।’

खतरामुक्त भन्न सकिन्न

चिकित्सकहरुले कांग्रेस महामन्त्री शशांक अझै खतरामुक्त भन्न नसकिने बताएका छन् । उनलाई अझै १२ घन्टासम्म चिकित्सकको निगरानीमा राखिनेछ । र, स्वास्थ्यमा फेरि समस्या आए भेन्टिलेटरमा राख्नु पर्ने हुन सक्ने चिकित्सकहरुको भनाइ छ । पत्रकार सम्मेलनमा शशांकका दाजु समेत रहेका कांग्रेस नेता डा. शेखर कोइराला पनि उपस्थित थिए ।
-अनलाइनखबर

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts