Friday, July 1, 2016

अविरल बर्षाले दोधारा चाँदनीमा बाढीको खतरा

पप्पु गुरुङ्-दोधारा चाँदनी,असार १८ । गएराती देखि परेको भीषण वर्षाका जनजिवन प्रभावित बनेको छ । बाढीको खतरा बढेपछि त्यस क्षेत्रमा स्थानीय प्रशासनले सचेत रहन आग्रह गरेको छ । हरेक बर्ष वर्षाको समयमा त्रसित बन्दै आएका दोधारा चाँदनीमा यस बर्ष पनि पीडित बनेका हुन् । दोधारा चाँदनी वडा नं। १०, शान्ति टोल, बैतिफाँटा र कुतियाकवर घरहरुमा हिजो देखि पानी पसेको हो । महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको शान्ति टोल, बैतिफाँटा र कुतियाकवरका करिव २६ घरधुरीमा पानी पस्न थालेपछि स्थानियहरु आतंकित बन्न थालेका थिए । गाँउमा पानी पस्न थोपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली शान्ति टोल, बैतिफाँटा र कुतियाकवरमा पुगेको थियो ।

“जगबुडा नदीको पानी बिस्तारै गाउँ पस्दै छ् ” स्थानिय गग्न खत्रीले भने । जगबुडा नदीको पानी ओभरफ्लो भएर नदी गाँउ पस्न थालेपछि दोधारा चाँदनीका शान्ति टोल, बैतिफाँटा र कुतियाकवरका २६ घरधुरी प्रभाबित भएका हुन् । शान्ति टोल, बैतिफाँटा र कुतियाकवरका स्थानियहरु सुरक्षित स्थानमा सर्न थालेको बताईएको छ् । महाकाली नदीको तिब्र बहाव संगै जगबुडा नदीको बहाव ठोक्कीदा पानी ओभरफ्लो भएर गाँउ भित्रिने संन्त्रासले रातभरी जाग्रम बसदै आएको स्थानिय गग्न खत्रीले बताएका छन् ।

नदीको पानी कतिबेला गाँउ भित्रिने हो भन्ने चिन्ताले रातभरी जाग्रम बसेको खत्रीको भनाई रहेको छ् । महाकाली नदीको बहाव हिजोको दाँजो घटेर ७२ हजार क्युसेक पुगेको छ् । बनबासा बयारेजमा समेत सवारी साधन आवतजावतमा सुचारु ग्रिएको छ् । राती देखि परेको वर्षाले दोधारा चाँदनीको जनजीवन अस्तब्यस्त बनाएको हो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts