Friday, July 1, 2016

नर्वेमा सहयोग जुटाउदै, नेपाल पठाउँदै

काठमाडौ, असार । रुकुमको चन्दननाथ प्राथमिक बिद्यालयमा मुसिकोटमा १५ जना बौद्धिक अपांगता (सुस्तमनस्थिति) भएका बिद्यार्थिहरु छन्, उनीहरु शिक्षाको सहज पहुँचमा छैनन् । उनीहरु जस्तै १२ जना बिद्यार्थी त्रिभुवन मा.बि. छिप्रिदह रुकुमकोटमा छन् । यी २७ बौद्धिक अपांगता भएका बिद्यार्थि आवास र शैक्षिक सामाग्रिको अभावमा निकै कष्टकर जीवन धकल्न बाध्य छन् । बुधबार उनीहरुको आवास स्थलमै पुगेर रुकुमका स्थानीय विकास अधिकारीले बौद्धिक अपांगता भएका ति बिद्यार्थीहरुको लागि जुटाईएको आवास ब्यबस्थापन, शैक्षिक सुधारका सामाग्रि हस्तान्तरण गर्दैगर्दा बिद्यार्थी मात्रै होईन नजिकैबाट उनीहरुको दैनिकी नियालिरहेका स्थानीयवासीहरुको मुहारमा समेत चमक देखिन्थ्यो ।

हेल्पिङ्ग हेन्ड्स फर नेपाल नर्वेले रुकुमका दुई बिद्यालयमा शैक्षिक सामाग्री, दैनिक उपयोगका सामाग्री, आवास व्यबस्थापनका सामाग्री उपलब्ध गराएपछि उनीहरुको शैक्षिक तथा आवास ब्यबस्थापनमा टेवा पुगेको छ । वौद्धिक क्षमता कमजोर तथा सुस्त मनस्थिति भएका विद्यार्थीहरुलाई शैक्षिक तथा आवासीय व्यवस्थापनका लागि चाहिने सामग्री सहयोग मार्फत शिक्षाको मुलधारमा ल्याउन मद्यत गर्ने उद्धेश्यका साथ उक्त सहयोग गरेको हेल्पिङ्ग हेन्ड्स फर नेपाल नर्वेका अध्यक्ष गोरख चन्दले बताउनुभयो ।

चन्दननाथ प्रावि मुसीकोट नगरपालिका डांग्रीचौर र त्रिभुवन मावि छिप्री दह रुकुमकोटका २७ जना विद्यार्थीहरुलाई दुई लाख रकम बराबरको सामाग्री उपलब्ध गराईएको अध्यक्ष चन्दले बताउनुभयो ।   एक वर्ष सम्म पुग्ने गरि शैक्षिक तथा आवास व्यवस्थापना सामग्री हस्तातरण गरिएको हेल्पिङ्ग हेन्ड्स फर नेपाल नर्वेका सचिव मिसर लामिछानेले बताउनुभयो ।

कापी, कलम, ओड्ने ओछ्याउने, कार्पेट, दैनिक आवश्यक पर्ने सामग्रीहरु सावुन, ब्रस तौलिया लगाएतका सामग्रीहरु हस्तारण गरिएपछि रुकुमका स्थानीय विकास अधिकारी भरतकुमार शर्माले सरकारले समेत सहि व्यवस्थापन गर्न नसकेको बेला यसरी विद्यार्थीहरुले सहयोग गर्नु स्रहानीय काम भएकोले जथाभावी फर्जि खर्च भन्दा साथीहरु मिलेर थोरै थोरै रकम जम्मा गरि विपन्नलाई सहयोग गर्न सबैलाई उनले आग्रह समेत गरेँ । सरकारले शैक्षिक तथा आवासीय व्यवस्थापनका लागि खर्च नपठाउँदा समस्या भएको थियो, सहयोग हस्तान्तरण कार्यक्रममा चन्दननाथ प्राथमिक विद्यालयका श्रोत शिक्षक गणेश केसीले भन्नुभयो, ‘यो सहयोगले यहाँका सुस्त मनस्थिति भएका विद्यार्थीहरुलाई ठूलो सहयोग पुग्ने छ ।’

13524510_1101491453257871_6118362643710680391_n 13529187_1101491356591214_1061425971015470467_n

स्रोत कक्षा तथा आवासको व्यवस्थापन स्तर उन्नती र गुणस्तर शैक्षिक वातारण निर्माण गर्ने उद्देश्यले यस्तो सहयोग गरिएको हेल्पिङ्ग हेन्ड्स फर नेपाल नर्वेका सचिव मिसर लामिछानेले उल्लेख गर्नुभयो । दैनिक खाना, खाजा खर्चबाट केहि रकम बचाएर, सामाजिक गतिबिधि गरेर हेल्पिङ्ग हेन्ड्स फर नेपाल नर्वेले नेपालमा शिक्षाको विकास र बिस्तारका लागि पहल गर्ने गरेको छ । दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई शिक्षाको पहुँच र मुलधारमा ल्याउन सहयोग गरिरहेको हेल्पिङ्ग हेन्ड्स फर नेपाल नर्वेका अध्यक्ष चन्दले जनाउनुभयो । नेपाली कथानक चलचित्र पशुपति प्रसादको नर्वेमा च्यारिटी शो सम्पन्न गरेर उक्त कार्यक्रममा बचत भएको रकम रुकुम, चितवन र हुम्लाका बिद्यालयलाई सहयोग गरेको सचिव लामिछानेले बताउनुभयो । रुकुममा शैक्षिक सामाग्री र आवास ब्यबस्थापनका लागि रु. दुई लाख, कर्णालीको हुम्लाको मिमि गाविसमा रहेको नवज्योति निमाबिमा शैक्षिक सामाग्रीका लागि रु.७५ हजार र चितवन जिल्लाको सिद्धि गाविसका चेपांग बालवालिकाहरुलाई शैक्षिक सामाग्रीका लागि रु.७५ हजार सहयोग गरिएको सस्थाका अध्यक्ष गोरख चन्दले जनाउनुभयो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts