Saturday, July 2, 2016

युरोकप:इटलीलाई पेनाल्टी सुटआउटमा हराँउदै जर्मनी सेमिफाइनलमा

काठमाडौं,असार १९ । इटलीलाई पेनाल्टी सुटआउटमा हराँउदै जर्मनी युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आईतवार विहान भएको खेलमा जर्मनीले इटालीलाई ५-६ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बोर्डोमा भएको खेलको निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जर्मनीको लागि खेलको ६५ औं मिनेटमा ओजिलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ७८ औं मिनेटमा इटलीले पेनाल्टी माफृत गाल गर्दै खेल बराबरीमा ल्याए । । जर्मन डिफेण्डर जेरोमी बोटेङले अनावश्यक हृयाण्ड गर्दा उसले पेनाल्टी पाएको थियो, जसमा बोनुचीले गाले गरे । यो उनको करियरमै पहिलो पेनाल्टी गोल थियो । त् थपिएको ३० मिनेटको खेलमा पनि दुबै टोलीबाट गोल हुन सकेन । खेल पेनाल्टी सुटआउटमा पुग्यो । टाइब्रेकरमा जर्मनीका थोमस मुलर, ओजिल र स्वाइन्सगाइटर चुके । तर, इटलीका पनि जाजा, पेले र बोनुचीले गोल गर्न सकेनन् र २-२ भयो ।

सडन डेथ लगातार तीन पेनाल्टीमा दुबै टोलीले गोल गरे । इटलीका गिआचेरिनी, पारोला र डि सिलिओले गोल गरे भने जर्मनीका हृयामल्स, किमिच र बोटेङले गोल गरे । तर, नवौं प्रहारमा इटलीका डर्मिअन चुके । उनको प्रहार जर्मन गोलकिपर नुयुरले रोके । लगतै जोनस हेक्टरले गोल गर्दै विश्व विजेता जर्मनीलाई युरोपियन च्याम्पियनसिपको अन्तिम चारमा पुर्‍याए ।

जर्मनीले १९७६ मा चेकोस्लोभाकियासाग हारेदेखि जर्मनी अहिलेसम्म पेनाल्टीमा चुकेको छैन । ठूला प्रतियोगिताका फाइनल चरणमा जर्मनीले इटलीलाई हराएको यो पहिलो पटक हो । यसअघि विश्वकप र युरोकपमा भएको आठ भेटमा इटली अपराजित रहँदै आएको थियो । अब उसले आयोजक फ्रान्स र आइसल्याण्डको विजेतासाग सेमिफाइनल खेल्नेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts