काठमाडौ, असार १८ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सरकार परिवर्तनको विषयमा बाहिर हल्ला चले जसरी भित्र कुनै कुरा नभएको बताएका छन । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ सरकार परिवर्तनको विषयमा बाहिर जस्तो सत्तारुढ गठबन्धनमा कुनै चर्चा छैन । त्यस्तो हुने भएको भए पहिला सत्तारुढ गठबन्धनमै छलफल हुने थियो । त्यसैले यही सरकारले चुनाव गराउँछ, ढुक्क हुनुस ।’
साक्षात्कारमा मन्त्री पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकको इतिहासमै ऐतिहासिक काम गरेको दावी गर्दै भने,‘ यस्तो उत्कृष्ट बजेट नेपालको इतिहासमै कहिल्यै आएको थिएन । पुर्ननिर्माणको सबैखाले कामलाई अगाडि बढाएको छ, मुलुकको स्वाभिमान जोगाउने काम गरेको छ, पारवहन सुविधानको थप खोजी गरेको छ ।’
उनले प्रधानमन्त्री निर्वाचनमा मधेसी मोर्चाले मतदान गरेपछि यो संविधान सबैले स्विकारीसकेको स्पष्ट भएको भन्दै मोर्चाले थप केही माग गरेकोले मुलुकको हितमा हुने मागलाई सरकारले बार्ताबाट संबोधन गर्ने स्पष्ट पारे ।
मन्त्री पाण्डेले भने,‘ मधेसी मोर्चा र संघीय गठबन्धनविच नै अन्यौल छ । कोसँग बार्ता गर्ने नगर्ने भन्नेमा । सरकार बार्ताबाट समाधान गर्न तयार छ तर मधेसलाई पहाडसँग जोड्नै हुन्न भन्ने विषयमा हामी सहमत छैनौ ।’
उनले आफूहरुले पहिला दुई किस्तामा भुकम्प पीडितलाई रकम दिउ भन्दा काग्रेसले नमानेर चार किस्ता बनाएकोले अहिले समस्या भएपनि आफूहरुलाई पछिल्लो सहमति अनुसार अघि बढाउन पुर्ननिर्माण प्राधिकरणलाई सबै खाले सुविधा दिएको स्पष्ट पार्दै स्थानीय निकायको पुर्नसंरचना साउन भित्रमै गर्ने गरी सरकारले आवश्यक जनशक्ति नियूक्तीको विषयमा पनि निर्णय गरिसकेको जानकारी दिए ।
मन्त्री पाण्डेले भने,‘ आयोगले छिटो काम सकेपछि हामी मंसिरमा पुर्नसरचना अनुसार स्थानीय तहकै निर्वाचन गर्ने पक्षमा छौ ।’
उनले बाहिर आए जस्तो सत्तारुढ दलले बजेट पारित गर्न नदिने भन्ने विषयमा बाहिर चर्चा चले पनि पार्टीहरुवीच र मन्त्री परिषदमा कुनै छलफल नभएको समेत स्पष्ट पारे ।
मन्त्री पाण्डेले सरकार मुलुकमा राजनीतिक क्रान्ति सकिएको आर्थिक समृद्धीको एजेण्डामा अघि बढेको भन्दै मुलुकको आर्थिक समृद्धिकोलागि औद्योगिकरण आवश्यक रहेकोले प्रत्येक प्रदेशमा एक हजार विगाह क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण कार्य गरिएको दावी गरे ।
उनले मुलुकको आर्थिक विकासकोलागि स्रोत खोज्ने क्रममा मुलुकमा रहेको प्राकृतिक स्रोत साधनहरुको खोजी तिब्र पारिएको र त्यस क्रममा मुलुकको विभिन्न क्षेत्रमा बहुमुल्य खनिज पदार्थ भेटिएको भन्दै त्यसको विस्तृत अध्ययन गरेर उत्खनन कार्य अघि बढाउने दिशामा सरकार उन्मुख रहेको बताए ।
मन्त्री पाण्डेले भने,‘ नेपालगञ्ज र विराटनगरमा पेट्रोलको ठूलो भण्डार भेटिएको छ , अब त्यसको दोस्रो चरणको अध्ययन छिट्टै सुरु हुन्छ । नवलपरासीको धौबजीमा १३ किलोमिटर रेन्टमा ठूलो फलाम खानी पाईएको छ । मुस्ताङमा नुन, पेट्रोल युरेनियमको ठूलो परिणाममा भण्डारण भेटिएको छ । प्राकृतिक खनिज पदार्थले नै नेपाललाई अघि बढाउन सक्छ ।’
नेपाली काग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार निर्विकल्प नभएको दावी गर्दै नेपाली काग्रेसले सरकरा बनाएको खण्डनमा संविधान कार्यान्वयन गर्ने गरी सबै राजनीतिक दलहरुलाई मिलाएर लैजाने स्पष्ट पारे ।
उनले बर्तमान सरकार राष्ट्रिय एजेण्डा कार्यन्वयन गर्ने सवालमा असफल भएको अवस्थामा वेटिङ सरकारको रुपमा प्रमुख प्रतिपक्षी नेपाली काग्रेस रहेको स्पष्टपार्दै सरकार असफल भए काग्रेसले नयाँ सरकार निर्माण गर्ने बताए ।
यद्यपि लेखकले काग्रेस अहिले प्रभावकारी प्रतिपक्षको रुपमा भूमिका निर्वाह गर्ने पक्षमा रहेको भन्दै मुलुकको एजेण्डा संविधानलाई सर्वस्विकार्य बनाउने, संविधानको कार्यान्वयन र आर्थिक समृतिकोलागि काग्रेससधै तयार रहेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमसेर राणाले राष्ट्रिय एजेण्डालाई अगाडि बढाउने सवालमा सरकारको काम सन्तोषजनक नरहेको भन्दै मुलुकको समस्या समाधानकोलागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको दावी गरे ।
उनले भने,‘ सबै राजनीतिक दलहरुलाई सर्वस्विकार्य हुने गरी संसोधनको मार्फतबाट अघि सरकार समस्या समाधानमा अघि बढ्नु पर्छ । पश्चिम मधेसबाट पहाडी क्षेत्र हटाए सीमांकनमा कुरा मिल्छ । सुकारले आफूलाई समस्या समाधानमा तिब्र रुपमा अघि बढाउनु पर्छ । स्थानीय निकायको पुर्नसंरचना, निर्वाचनको लागि ऐन निर्माणमा सरकार केन्द्रीत हुनुपर्छ ।’
राणाले मुलुकका आर्थिक समृद्धिकोलागि सरकारले आफ्नो संरचनाको खर्च गर्ने क्षमता बढाउनु पर्ने आवश्यकता औल्याउँदै भुकम्प पछिको पुर्ननिर्माणमा यस्तै तालले काम गर्ने हो भने अब आउँदो जाडो पनि उनीहरुले पालमै विताउनु पर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराए।
Saturday, July 2, 2016
सरकार परिवर्तनको हल्ला बाहिर मात्रै हो,भित्र त्यस्तो केही छैनः मन्त्री पाण्डे
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment