Friday, July 1, 2016

बेल्जियमलाई हराउँदै वेल्स सेमिफाइनलमा

एजेन्सी,आसर १८ । विश्व फुटबल वरियतामा दोस्रो नम्बरमा रहेको बेल्जियमलाई हराउँदै वेल्स युरो २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ। २६ औँ वरियतामा रहेको वेल्सले शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियमलाई ३–१ ले हराएर कुनै पनि मुख्य प्रतियोगिताको अन्तिम चारमा पहिलो पटक स्थान बनाएको हो ।१३ मिनेटमा नाइनगोलानले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए।

३१ औँ मिनेटमा वेल्सका कप्तान एश्ली विलियम्सले गोल गर्दै खेल पहिलो हाफमा १–१ को बराबरीमा ल्याए । मध्यान्तरपछि पहिलो पटक युरो खेल्दै गरेको टिम वेल्सले दुई गोल गर्‍यो र इतिहास बनायो । वेल्सका प्रशिक्षक क्रिस कोलेम्यानले क्वाटरफाइनलको खेललाई सन् १९५८ पछिकै वेल्सको सबै भन्दा ठूलो खेल रहेको बताएका थिए ।

वेल्स सन् १९५८ को विश्वकपको क्वाटरफाइनलमा ब्राजिलसँग पराजित भएको थियो । वेल्सले यसअघि प्राप्त गरेको सबै भन्दा ठूलो सफलता भनेको सन् १९५८ को विश्वकपमा हंगेरीलाई २–१ हराउनु हो । यस्तै सन् १९९१ मा विश्व विजेता जर्मनीलाई पनि वेल्सले हराएको थियो ।

वेल्स सन् १९९२ पछि युरोकपको पहिलो सहभागितामै सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । सन् १९९२ मा स्वीडेन पनि पहिलो सहभागितामै युरोकपको सेमिफाइनलमा पुगेको थियो । वेल्सले अब फाइनलमा स्थान बनाउन बुधबार पोर्चुगलसँग खेल्नेछ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts