Saturday, July 2, 2016

सरकार परिवर्तन गर्न देउवालाई पार्टीभित्रै अप्ठ्यारो

काठमाडौं,असार १९ । सभापति शेरबहादुर देउवाले सरकार परिवर्तनका विषयमा छलफल गर्न नेताद्वय कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलाई खटाएका छन् । तर, सत्तारुढ एमाले र माओवादी केन्द्रबीच थप दूरी बढाउने रणनीतिमा कांग्रेस छ । त्यसो हुँदा नयाँ सरकार गठनका लागि सहज वातावरण बन्दै जाने उसको बुझाइ छ । ‘अघिल्लोपटक जस्तो नयाँ सरकार गठनको पहल हचुवा नबनोस् भन्नेमा नेतृत्व सजग छ,’ एक नेताले भने, ‘त्यसका लागि एमाले–माओवादीको दूरी अझै बढ्न जरुरी छ ।’तर, कांग्रेसमा नेता रामचन्द्र पौडेल पक्षका नेताहरू सरकार फेरिहाल्ने मनस्थितिमा छैनन् ।

शनिबार विराटनगरमा नेता पौडेलले संविधान कार्यान्वयनमा केन्द्रित हुन सरकार परिवर्तनभन्दा मधेस केन्द्रित दलसँग वार्ता गरेर जानुपर्ने बताएका छन् । ‘सरकार हामीले मात्र चाहेर परिवर्तन हुने विषय होइन । यसबारे पार्टीमा पनि छलफल भएको छैन,’ पौडेलले भने, ‘अहिले सत्ताभन्दा व्यवस्था मिलाउन लागौँ ।’

तर, नेता प्रकाशशरण महतले सरकार फेरिने अवस्थामा पार्टीमा सहमति बन्ने दाबी गरे । ‘सभापति सबैलाई मिलाएर हिाड्न खोज्नुभएको छ,’ उनले भने, ‘नयाँ सरकार बन्ने अवस्था आउँदा पार्टीमा समर्थन जुट्दैन भन्ने होइन ।’ यसअघि सभापति शेरबहादुर देउवाले सरकार फेर्ने प्रयास थाल्दा पौडेल र महामन्त्री डा. शशांक कोइराला अमेरिका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts