Sunday, June 12, 2016

एसएलसीमा ‘डी प्लस’ ल्याउनेले मात्र कक्षा ११ मा भर्ना हुन पाउने

काठमाडौं,जेठ ३१ । एसएलसी परीक्षामा स्तरीकृत अङ्क (ग्रेड प्वाइन्ट) कम्तीमा १.६ ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना पाउने भएका छन् । सो स्तरीकृत अङ्क ‘डी प्लस’ मसमान हुन्छ ।
सरकारले एसएलसी परीक्षामा कसैलाई पनि अनुत्तीर्णको प्रमाणपत्र नदिने भने पनि डी र ई ग्रेड ल्याउनेले भर्न नपाउने नीतिबाट अघोषित रुपमा त्यस्ता विद्यार्थी अनुत्तीर्ण भएको विश्लेषणा शिक्षाविदहरुको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

अक्षराङ्कन पद्धति लागू भएपति उच्च माध्यामिक तहको भर्ना सम्बन्धमा सुझव दिन गठित समितिले आइतबार उच्च माध्यामिक शिक्षा परिषदसमइा यस्तो सिफारिस गरेको छ । परिषद्का सहसचिव दुर्गा अर्यालको संयोजकत्वमा गठित पाँच सदस्यीय सुझव समितिले दिएको सिफारिसका आधारमा सोमबार शिक्षा मन्त्रालयले कार्यान्वयनको निर्णय गर्ने भएको छ । सुझाव समितिले विज्ञान र प्राविधिक विषय बाहेकमा कक्षा ११ मा भर्ना हुन एसएलसी परीक्षामा प्त्येक विषयमा कम्तीमा डी प्लस ल्याउनैपर्ने सिफरि गरिएको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले जानकारी दिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts