Saturday, June 11, 2016

युरोकप: स्विट्जरल्याण्डको सुखद सुरुवात

एजेन्सी,जेठ २९ । युरो कप फुटबल प्रतियोगितामा स्विट्जरल्याण्डले विजयी सुरुवात गरेको छ । शनिबार आफ्नो पहिलो खेलमा १० खेलाडीमा सिमित अल्बानियालाई १-० गोल अन्तरले पराजित गर्दै स्विट्जरल्याण्डले विजयी सुरवात गरेको हो । स्वीटजरल्याण्डका जार्डन साकिरीको कर्नरमा डिफेन्डर फेवियन साले उत्कृष्ट हेड गर्दै खेलको ४ मिनेटमै गोल गरे ।

स्विट्जरल्याण्ड
गोलः फबियन शाहर ५
बल पोजिसनः ५६%
कर्नरः ७
अल्बानिया
रातो कार्डः कप्तान लोरिक काना ३७
बल पोजिसनः ४४%
कर्नरः ५

यो गोल नै निर्णायक गोल हुन पुग्यो । यो जित युरोपियन च्याम्पियनसिपमै यो स्विट्जरल्याण्डको दोस्रो जित पनि हो । यसअघि १९९६, २००४ र २००८ को युरो कप खेलेको स्विट्जरल्याण्ड सबै प्रतियोगितामा समूहको पुछारमा रहँदै बाहिरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts