Wednesday, June 15, 2016

अल्बानियालाई हराउँदै फ्रान्स अन्तिम १६ मा

एजेन्सी,असार २ । युरो कप फुटबल खेलमा फ्रान्सले लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ । खेलको अन्त्यतिर एन्टोनी ग्रिजम्यान र दिमित्री पयेटले गरेको गोलको मदतमा अल्बानियालाई २-० ले हराउँदै फ्रान्स युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बिहीबार विहान भएको खेलमा आयोजक फ्रान्सले अल्बानियालाई हराँउदै फ्रान्स अन्तिम १६ मा स्थान बनाउन पहिलो टोली बनेको छ । खेलको ९० औँ मिनेटमा फ्रान्सका ग्रिजम्यानले गोल गर्दै खेलमा अग्रता दिलाए । थपिएको अतिरिक्त सात मिनेटको अन्त्यतिर फ्रान्सका पयेटले गोल गरेपछि अल्बानिया २-० ले पछि पर्‍यो । अल्बानियाले गोल गर्ने केही अवसरलाई सदुपयोग गर्न सकेन ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts