Wednesday, June 15, 2016

रोमानिया र स्विट्जरल्याण्ड बराबरीमा रोकिए

एजेन्सी,आसर २ । युरो कप फुटबलमा रोमानियाले स्विट्जरल्याण्डालाई बाराबरीमा रोकेको छ । बुधबार राति पेरिसमा भएको खेलमा एडमायार मेहमेदीको शानदार भलीको मदतमा स्विट्जरल्याण्डले रोमानियासँग १-१ को बराबरी खेलेको छ । रोमानियाका बोगडन स्टानकुले खेलको १८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलमा हाबी भएपनि गोल गर्न भने स्विट्जरल्याण्डले ५७ औं मिनेटसम्म कुर्नु पर्‍यो । स्विट्जरल्याण्डका लागि अहमद मेहमेदीले ५७ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्‍याएका हुन् । जित हात पारेको भए स्विट्जरल्याण्डले नकआउट चरणमा प्रवेश गर्ने थियो । तर, अन्तिम खेलसम्म कुर्नु पर्ने भएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts