Tuesday, June 21, 2016

अफगानिस्तानमा रोजगारीः रोक्ने कि पठाउने दुविधामा सरकार

काठमाडौं,असार ८ ।श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले अफगानिस्तान घटनाको छानबिन र विश्लेषणपछि मात्र सरकारले त्यस मुलुकलाई रोजगारीका लागि खुला नै राख्ने वा बन्द गर्ने भन्ने विषयमा निर्णय गर्ने बताएका छन् । सरकारले सम्बन्धित मुलुकको आर्थिक अवस्था मानवअधिकारको अवस्था र सुरक्षाको अवस्था हेरेर मात्रै रोजगारीका लागि खुला गर्ने गरेको आजको अन्नपूर्णमा खबर छापिएको छ।

अफगानिस्तानमा घटेको घटना नेपालीप्रति नै लक्षित भएको पाईए त्यही अनुसार रोजगारीका लागि बन्द हुनसक्ने सम्भावना रहेको बताए । उनले भने, ‘एक दुई घटना हुँदैमा बन्द गरिहाल्ने वा खुला गर्ने भन्ने हुँदैन। अफगानिस्तानमा नेपाली नागरिकमाथि भएको आक्रमणको अध्ययन पनि नेपालीलाई नै लक्षित गरेर आक्रमण भएको पाइए त्यसको विश्लेषणपछि मात्रै सरकारले आवश्यक निर्णय गर्नेछ।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts