धनगढी, असार ८ डोटीको पचनाली गाविसको तलकोटकी युवती मीना साउदको उनकै घरमा डेरा गरी बस्दै आएका शिक्षक लालबहादुर चन्दले गोली हानेर हत्या गरेको खुलासा भएको छ। क्षेत्रीय प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार, बैतडीको शर्माली गाविस वडा नं. १ घर भई पचनाली गाविसको हरिहर उच्च माविमा कार्यरत शिक्षक चन्दले मीना माथि गोली हानेको खबर आजको अन्नपूर्णमा शिबराज भट्टले लेखेका छन्।
जेठ २८ गते बेलकी खाना पकाइरहेका बेला डोटको पचनाली गाविस–६ तलकोटकी २० वर्षिया युवती मीना साउदको गोली हानी हत्या गरिएको थियो ।
२८ वर्षीय चन्द २०६७ साल देखि हरिहर उच्च माविमा शिक्षक थिए । मीनाले सोही स्कुल कक्षा ८ मा पढिरहेका बेलादेखि नै चन्दले मीनालाई मन पराउने गरेको खुलासा भएको प्रहरीले जनाएको छ ।
एलएससी पछि आईएड र बीएडमा भर्ना हुनका लागि चन्दले पढाई खर्च दिँदै आएको खुलेको सुदूरपश्चिम क्षेत्रका डिआईजी विजयराज भट्टले बताए ।
धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीमा विएडमा भर्ना भएपछि मीनाले अरुलाई नै मन पराउन थालेको थाहा पाएर तनावमा आएका चन्दले कञ्चनपुरको बेलौरी हुँदै भारत गएर ८० हजारमा १२ राउन्ड गोलीसहितको पेस्तोल किनेका अनुसन्धानबाट खुलेको छ ।
जेठ २८ गते राति मीनाले घरमा खाना बनाइरहेका बेला चन्दले सोही पेस्तोलले हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । चन्दमाथि मीनाको हत्या भएदेखि नै क्षेत्रीय प्रहरीको क्षेत्रीय अनुसन्धान टोली (आरआईटी) को टोलीले निगरानी बढाएको थियो ।
मीनालाई गोली हानेको पेस्तोल, त्यसको केही राउन्ड गोली र पेस्तोल चलाउँदा प्रयोग ग्लोबसहितको सामाग्री पनि प्रहरीले हरिहर उच्च मावि परिसरमा लुकाएको अवस्थामा सोमबार बरामद गरेको छ ।
चन्दले यसअघि पनि मीनालाई गोली हान्न किनेको रिभल्वरबाट फायर नभएपछि दोस्रो पटक भारतबाट ८० हजारमा पेस्तोल किनेको प्रहरीलाई बयान दिएका छन् ।
हतियार बनाएको भन्दै कैलालीको फूलबारीबाट पक्राउ पक्रेका सन्तराम विकले डोटीका शिक्षकको पनि पेस्तोल मर्मत गरेको बयान दिएपछि प्रहरीलाई चन्दबारेमा थप प्रमाण बटुल्न सहयोग मिलेको थियो ।
Tuesday, June 21, 2016
आफूलाई छाडेर अर्कैलाई मन पराएको भन्दै एक शिक्षकबाट छात्राको गोली हानी हत्या
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment