Thursday, June 16, 2016

पूर्व मुमा बडामहारानी रत्न शाहको नर्भिक अस्पतालमा उपचार हुदै

काठमाडौं,असार २ । पूर्व मुमाबडामहारानी रत्न शाहलाई नर्भिक अस्पताल लगिएको छ । अस्वस्थ भएकी छन् । नारायणहिटीस्थित महिन्द्र मञ्जिलमा बस्दै आउनुभएको ८८ वर्षीया शाहको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले जनाकारी दिएका छन् । आन्द्रामा समस्या देखिएपछि उनलाई भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। नर्भिक अस्पतालमा रत्नलाई बेडमा राखेर उपचार थालिएको नर्भिकले जनाएको छ।
गणतन्त्र घोषणापछि तात्कालीन राजपरिवारले नारायणहीटी दरवार छाडे पनि रत्न महिन्द्र मञ्जिलमै बस्दै आउनु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts