Tuesday, June 7, 2016

किन आए बेलायती उच्च अधिकारी काठमाडौं ?

काठमाडौं,जेठ २६ । बेलायतका दुई जना अधिकारी नेपालको चारदिने औपचारिक भ्रमणमा मंगलबार काठमाडौं आएका छन् । बेलायती विदेश मन्त्रालयका पर्मानेन्ट अन्डर सेक्रेटरी सर साइमन म्याकडीनाल्ड र बेलायती अन्तार्राष्ट्रिय विकास मन्त्रालयका पर्मानेन्ट सेक्रेटरी मार्क लोकक काठमाडौं आएका हुन् । बेलायती अधिकारीले मंगलबारै अर्थमन्त्री विष्णु पौडेलसँग सिंहदरबारमा भेट गरेका छन् ।

बेलायतले डीएफआईडीमार्फत नेपाललाई २०१८ देखि २०२१ सम्म् उपलव्ध गराउने विकास सहयोगसम्बन्धी कार्ययोजनामा नेपालका प्राथमिकताका बारेमा बेलायती अधिकारीले मन्त्री पौडेलसँग जिज्ञासा राखेका अर्थ मन्त्रालयका प्रवक्ता मुकुन्द पौडेलले बताए ।

लगानी बोर्डको सुदृढीकरणका लागि सहयोग गर्न बेलायत तयार रहेको बेलाती अधिकारीहरुले बताए । मन्त्री पौडेलले नयाँ संविधान जारी भएसँगै नेपाल आर्थिक विकासको मार्गमा अघि बढेको र बेलायतको सहयोग महत्वपूर्ण हुने बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts