Sunday, June 5, 2016

सांसदको सुविधा बढाइँदै, मासिक तलब ५६ बाट ९० हजार पुग्ने

काठमाडौं,जेठ २४ । संसद सचिवालयले सांसदहरुको सेवा सुविधा बढाउने प्रक्रिया सुरु गरेको छ। सरकारले बजेट वक्तव्यमार्फत वृद्धि गरेको कर्मचारीको २५ प्रतिशत पारिश्रमिक स्वतः सांसदहरुको समेत बढ्नेछ।

त्यही अनुपातमा घरभाडा, सञ्चार, मसलन्दलगायत सुविधा थपिने भएको हो। बैठक भत्ता र यातायात खर्च भने झन् भारी मात्रामा बढाइँदैछ। मासिक पारिश्रमिक र सुविधा गरी ५६ हजार २ सय २८ पाउँदै आएका सांसदहरुले प्रस्तावित पुनरावलोकनपछि मासिक ८५ देखि ९० हजारको हाराहारीमा पाउने छन्। त्यसका अतिरित्त वैठक बसेको दिन यातायात खर्च १ हजार र वैठक भत्ता १ हजार ५ सय रुपैयाँ थप दिइनेछ। यतिन्जेल १ सय ५० रुपैयाँ यातायात खर्च र २ सयय रुपैयाँ बैठक भत्ता थियो। कान्तिपुर दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts