Monday, June 6, 2016

कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरुवात

एजेन्सी,जेठ २५ । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । कोपा अमेरिका अन्तर्गतको मंगलबार बिहान भएको समूह डीको खेलमा अर्जेन्टिनाले गएको वर्षको विजेता चिलीलाई २–१ ले हरायो । अर्जेन्टिनाको जितमा एन्जल डी मारिया र एभर बेनेगाले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा रहेपनि दोस्रो हाफको ५१ औं मिनेटमा अर्जेन्टिनाका फरवार्ड डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

त्यसको लगत्तै ५९ औं मिनेटमा अर्जेन्टिनाकै बानेगाले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । चिलीका लागि इन्जुरी समयमा होसेफ पेड्रोले एक गोल फर्काए । अर्जेन्टिना कोपा अमेरिकाको सबै भन्दा सफल मध्ये एक टिम हो । अर्जेन्टिनाले अहिलेसम्म १४ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts