Sunday, June 12, 2016

विप्लब माओवादी निगरानीमा,कडा कारबाही गर्न निर्देशन

काठमाडौं,जेठ ३१ । एनसेलका १० वटा बेस स्टेसन र वल्र्ड भिजनको कार्यलयमा आगजनी गरेसँगै विप्लब माओवादीलाई निगरानीमा राखिने भएको छ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका गतिविधिप्रति उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रीले आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई मन्त्रालयमा बोलाएर अराजक गतिविधि गर्ने र कानुन हातमा लिनेमाथि कडा कारबाही गर्न निर्देशन दिएका हुन् । उनले एनसेलको बेस स्टेसन र वल्र्ड भिजनको कार्यलय जलाउनेलाई तत्काल पक्राउ गर्न पनि निर्देशन दिको आजको अन्नपूर्णमा समाचार छ ।

‘तोडफोड र आगजनी गरेर सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने जोकोही व्यक्ति वा समूह भए पनि उम्कन पाउने छैनन्। पक्राउ गरेर कानुनी दायरामा ल्याउनुहोस्,’सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीले दिएको निर्देशन उदृत गर्दै गृहका प्रवक्ता यादवराज कोइरालाले भने ।

प्रहरी प्रधान कार्यालयले शनिवार देशभरका प्रहरी कार्यालयलाई ‘विप्लव नेतृत्वको माओबादीका कार्यकर्ता र उनीहरुका गतिविधिलाई विशेष निगरानी गर्नु’ भन्दै परिपत्र पनि गरेको छ ।

विप्लव माओवादीका कार्यकर्ताले नुवाकोटमा रहेको वल्र्ड भिजनको कार्यालयका साथै सल्यान, दाङ, कास्की, झपा, धनकुटा, मोरङ गोरखा लगायतका १० वटा एनसेल बेस स्टेसन जलाएका थिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts