Friday, June 24, 2016

भारतीय प्रधानमन्त्रीका नामको सडकखण्डमा काम गर्दा १० नेपाली एकै चिहान हुँदा गुमनाम

काठमाडौं,असार ११ । आतंकवादी हमलामा परी अफगानिस्तानको राजधानी काबुलस्थित क्यानाडेली दूतावासको प्रवेशद्वारानजिक ज्यान गुमाएका १२ नेपालीलाई नेपाल सरकारले तत्काल राहत घोषणा गरेको छ । उनीहरुको शव लिन जहाज पठाएपछि जनस्तर तथा सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओलीले बुधबार दिनभर वाहवाही पाए । उगत्तै उनी विमानस्थल पुगेर दिवंगतप्रति पुष्पअर्पण गरेर राज्यका तर्फबाट मेहनतकस नागरिकप्रति यथोचित सम्मा पनि देखाए ।

यो घटना केही टाढाको थियो । तर, नेपालसँग सीमा जोडिएको मुलुक भारतको देशरादुनमा ठीक एक महिनाअघि १० जना नेपाली श्रमिक एकै चिहान भएका थिए ओडारभित्र किचिएर । तर, यो घटना राज्यको जानकारीमा पनि आएन । परिवारको पीडा पनि ओडारमै दबियो । जाजरकोट, सल्यान, रुकुम र बर्दिघाटबाट रोजगारीका लागि नेपालीहरु देहरादुन पुगेका थिए । उनीहरुले देहरादुनको त्युनी तहसिल क्षेत्रको जोडा भन्ने ठाउँमा भारत सरकारको परियोजनामा मजदुरीको काम पनि पाए ।

भारतीय प्रधानमन्त्रीका नाममा निर्माण सुरु भएको ‘प्रधानमन्त्री ग्रामीण सडक योजना’ अन्र्तगत ‘इनोल–चातरा मोटर मार्ग’ मा मजदुरी गर्दै केही साता उनीहरुले देहरादुनको त्युनीमा बिताएका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts