Friday, June 24, 2016

राप्रपा एकीकरणमा ‘गाई’ विवाद

काठमाडौं,असार ११ । एकताका लागि अन्तिम तयारीमा रहेका राप्रपा नेपाल र राप्रपामा गाईसहितको झन्डा राख्ने कि नराख्ने भन्नेमा विवाद देखिएको छ । राप्रपा नेपालका नेताहरुले पार्टीको झन्डामा गाई राख्न प्रस्ताव गरेपछि यस्तो विवाद देखिएको हो ।

राप्रपाका नेताहरुले भने नेपालको नयाँ संविधानमा राष्ट्रिय जनावर गाईलाई कुनै पार्टीले झन्डा विधानमा चुनव चिन्हका रुपामा राख्न नसक्ने व्यवस्था गरेको भन्दै त्यसलाई अस्वीकार गरेको एक नेताले बताए । गाईलाई झन्डामा राख्दा विवाद हुने भनेपछि त्यसलार्इ थप छलफल गरिने भएको छ । दुई पार्टीबीच चुनाव चिन्ह भने हलो राख्ने सहमति भइसकेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts