Saturday, June 18, 2016

माओवादी केन्द्रमा भद्रगोल, १ हजार ९९ नेता बेरोजगार

काठमाडौं,असार ५ । समान विचार र धारणा राख्ने दल पार्टी एकीकरणको एक महिना नाघ्दा पनि नवघोषित नेकपा माओवादी केन्द्रले पार्टीको कार्यदिशा र पदाधिकारी टुंगो लगाउन सकेको छैन । पार्टी एकीकरणपछि भावी दिशा तय गर्न वर्षमान पुन नेतृत्वमा गठित नौ सदस्यीय कार्यदलले काम गर्न नगर्दा सिंगो पार्टी योजनाविहीन बनेको कार्यकर्ताको गुनासो छ । पार्टी एकीकरणपछि बनाइएका १ हजार ९९ केन्द्रीय सदस्यलाई के जिम्मेवारी दिने भन्नेबारे अहिलेसम्म कुनै योजना नबनेको एक केन्द्रीय सदस्यले बताए ।

‘एकीकरणका बेला नेतृत्व तहले पार्टीलाई एक नम्बर बनाउने घोषणा गरेको थियो,’ उनले भने, ‘अहिलेको अवस्था हेर्दा केन्द्र एक नम्बर हैन, योजनाविहीन हुने अवस्थामा आइपुग्यो।’ विगतमा सँगै काम गरेका अधिकांश समूहसँग एकता गरेको माओवादीलाई अहिले सबैलाई समेट्ने गरी कार्यदिशा तय गर्नै समस्या आइपरेको ती सदस्यले बताए । ‘अधिकांशको पृष्ठभूमि सशस्त्र आन्दोलनबाट मूलधारको राजनीतिमा प्रवेश गरेकाले कतिपयले युद्धको धङधङी छाड्न सकेका छैनन्’, अर्का केन्द्रीय सदस्यले भने भनेर आजको नागरिक दैनिकमा खबर छ । f

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts