Saturday, June 18, 2016

विप्लव माओवादीले स्कुले बालबालिकालाई किन ढाल बनायो ?

काठमाडौं,असार ५ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गत जेठ २७ गते आह्वान गरेको नेपाल बन्दमा सवारी साधन बाक्लै चले, उद्योग–कलकारखानामा पनि खासै अवरोध पुगेन, बजारमा पनि चहलपहल रह्यो । कार्यालय जानेहरूले निरन्तरता पाए। तर शान्ति क्षेत्र घोषणा गरिएका विद्यालयहरू ठप्प भए ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– बन्दबारे अनभिज्ञ कतिपय बालबालिका विद्यालय पुगेर निरास हुँदै फर्के। कतिपय बीच बाटोबाटै घरतिर मोडिए। बालबालिकालाई विद्यालय पठाउने कि नपठाउने भन्नेमा अभिभावकलाई अघिल्लो दिनदेखि नै तनाव भयो ।

हरेक बन्द, हडताल र विरोधका कार्यक्रमका बेला बालबालिका यसरी नै शिक्षा आर्जनबाट वञ्चित हुने गरेका छन् । एक महिनाअघि माओवादीले नै आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न राजधानीको टुँडीखेलमा निकालेको जुलुसमा हजारौं बालबालिकालाई विद्यालयबाटै सहभागी हुन उर्दी जारी गरियो ।

जबर्जस्ती किताबकापीको झोलासहित चर्को घाममा घन्टौं हिँडाइयो । दिनैभरिजसो ठेलमठेल जुलुसमा हिँडाएर नाच्न, गीत गाउन, झन्डा फहराउन र चिच्याएर नारा लगाउन पठाइयो । साँझ अबेर बल्ल ती बालबालिका थकित हुँदै घर पुगे ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts