Sunday, June 5, 2016

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोविचलाई

एजेन्सी,जेठ २४ । विश्व नम्बर एक नोभाक जोकोविचले फ्रेन्च ओपन टेनिसको उपाधि हात पारेका छन् । एण्डी मर्रेलाई ३-६, ६-१, ६-२, ६-४ ले हराउँदै सन् २०१६ को फ्रेन्च ओपन टेनिसको उपाधि जितेका हुन् । पहिलो पटक फ्रेन्च ओपन जितेका जोकोविचले बाँकी तीन वटै ग्राण्ड स्लाम जितिसकेका छन्।

जोकोविचले लगातार ४ ग्राण्ड स्लाम जित्ने रेकर्ड पनि बनाएका छन्। उनले विम्बलडन २०१५, युएस ओपन २०१५, अष्ट्रेलियन ओपन २०१६ र फ्रेन्च ओपन २०१६ लगातार जितेका हुन्। सबै ग्राण्ड स्लाम जित्ने उनी ८औं पुरुष हुन् । यसअघि फ्रेन्च ओपनमा ३ पटक फाईनलमा पुगेर पराजित जोकोविचले चौथो पटकमा उपाधि हात पारेका हुन्। मर्रेको भने यो पहिलो फ्रेन्च ओपन फाईनल रहेको छ।
(

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts