Monday, June 20, 2016

फुटबलर विमल घर्तीकी बहिनी मनिषाको हत्या प्रेमीले नैगरेको प्रहरी दाबी

परासी, असार ६। नवलपरासीकी मनिषा घर्ती मगरको हत्यामा संलग्न भएको भन्दै नवलपरासी प्रहरीले उनका प्रेमी आशिष भन्ने रुद्रनारायण चौधरीमाथि मुद्दा चलाएको छ। नवलपरासी प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् सोमबार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको हो। अनुसन्धानका क्रममा चौधरीले नै हत्या गरेको खुल्न आएको र उनीमाथि मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा असार २ गते मिसिल पेश गरेको प्रहरी निरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

प्रहरीले पेश गरेको फाइल अनुसार सरकारी वकिलको कार्यालयले चौधरीमाथि मुद्दा दायर गरेको हो। प्रहरीले चौधरीमाथि सर्वस्वसहित जन्मकैद सजायको माग दाबी राखेर मुद्दा चलाउन सरकारी वकिलको कार्यालय फाइल पेश गरेको छ। गत जेठ १२ गते आफ्नै घरमा मनिषा मृत अवस्थामा भेटिएपछि प्रहरीले उनका प्रेमी चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको थियो। सो क्रममा चौधरीको पोलिग्राफ टेष्टसमेत गरिएको थियो । पोलिग्राफ टेष्टमा चौधरीले आफूले मनिषाको हत्या नगरेको बताएका थिए। मनिषा फुटबलर विमल घर्ती मगरकी बहिनी हुन्। विमलले बहिनीको हत्या भएको र हत्यारालाई कारबाही गरिनु पर्ने बताउँदै आएका छन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts