Monday, June 20, 2016

कलेज निलम्बनमा परेपछि एमबीबीएस पढ्ने नेपाली अलपत्र

काठमाडौं,असार ६ । कलेज नै निलम्बनमा परेपछि आफूहरु विचल्लीमा परेको भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत ७५ विद्यार्थी ढाकास्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन्।  प्रावधान पूरा नगरेको र शैक्षिक कार्यक्रममा समस्या देखिएको भन्दै सरकारले अध्ययनरत कलेजलाई केही समयका लागि निलम्बन गरेकाले आफूहरु समस्यामा परेको विद्यार्थीले गुनासो गरेका छन्।

आइतबार उक्त कलेज निलम्बित परेको जानकारी पाएपछि विद्यार्थी दूतावासको सम्पर्कमा पुगेका थिए । ‘तीन निजी कलेजका ७५ विद्यार्थी समस्यामा परेको जानकारी आएको छ । शैक्षिक कार्यक्रम र पूर्वाधार अपुग भन्दै बंगलादेश सरकारले अस्थायी रुपमा सस्पेन्स गरेको जानकारी आएको हो,’ कार्यबाहक राजदूत सुशील लम्सालले टेलिफोनमा भने ।

उनले नेपालको मेडिकल काउन्सिलले नै अध्ययनका लागि ठीक ठहर गरी स्वीकृत गरेको खण्डमा मात्र विद्यार्थी आउने हुनाले निजी कलेजबारे जानकारी लिन आवश्यक रहेको बताए । कान्तिपुर दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts