Thursday, June 2, 2016

मैत्रीपूर्ण फुटबल :पोर्चुगल इंग्ल्याण्डसँग पराजित

एजेन्सी,जेठ २१ । युरोकपको तयारीमा रहेको पोर्चुगल इंग्ल्याण्डसँग पराजित भएको छ । विहिवार राती भएको मैत्रीपूर्ण खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र पेपे विना मैदान उत्रिएको पोर्चुगल इंग्ल्याण्डसँग १–० ले स्तब्ध भएको हो।

इंग्ल्याण्डका क्रिश स्मोलिङले खेलको ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । इंग्ल्याण्डलाई दबाबमा राखे पनि खेलको ३५ औँ मिनेटमा बु्रनो अल्भेसले रातो कार्ड पाएपछि पोर्चुगल १० खेलाडी हुन पुगेको थियो । इंग्ल्याण्डका लागि खेलको ८६ औँ मिनेटमा क्रिस स्माइलिङले गरेको गोल नै निर्णायक बन्दै खेल आफ्नो पक्षमा परो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts