Friday, June 10, 2016

यस्तो बन्दै छ प्रहरीको नयाँ संरचना

काठमाडौं,जेठ २९ । नेपाल प्रहरीमा ६० वर्षे उमेर हदसहित केन्द्रमा महानिर्देशक र प्रदेशमा महानिरिक्षक रहने गरी संघीय संरचनाअनुसार प्रहरी संगठनको पुनर्संरचनाको गृहकार्य शुरुभएको आजको अन्नपूर्ण पोष्टमा खबर छ । केन्द्र र प्रदेशको प्रहरी संरचना, सञ्चालन, सुपरीवेक्षण र समन्वयबारे सरकारबारे सरकार र संसद् राज्य व्यवस्थाले गृहकार्य थालेको हो । सरकारले पूर्वप्रहरी महानिरिक्षक कुवेरसिंह रानाको संयोजकत्वमा बनाएको कार्यदलले प्रहरीमा ६० वर्षे उमेरको हदसहित प्रहरी पुनर्संरचनाबारे संसद्को राज्यव्यवस्था समितिमा प्रतिवेदन बुझाएको छ । हाल ५८ वर्षे हदको व्यवस्था छ ।

कार्यदलले केन्द्रमा महानिर्देशक (हालको प्रहरी महानिरिक्षकको सट्टा) रहने र उसको कार्यकाल तीन वर्षको हुने प्रस्ताव गरेको छ । यस्तै प्रहरी नायब महानिरिक्षक, प्रहरी सहायक महानिर्देशक, वरिष्ठ उपरीक्षसहित केन्द्रमा १२ तह हुने प्रस्ताव कार्यदलले गरेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts