Saturday, June 4, 2016

१ हजार एक सय १७ शिक्षकका दरबन्दी खुल्यो (विज्ञापनसहित)

काठमाडौं,जेठ २३ । शिक्षा सेवा आयोगले देशभरका पाँचै वटा विकास क्षेत्रमा रिक्त रहेका स्थायी शिक्षकका लागि नयाँ दरबन्दी खुल्ला गरेको छ । पाँचै वटा विकास क्षेत्रमा १ हजार एक सय १७ शिक्षकका लागि आयोगले नयाँ दरबन्दी खुलाएको हो । सामुदायिक विद्यालयमा २०६३ बैशाख १० देखि रिक्त रहेका शिक्षक दरबन्दीमा स्थायी पदपूर्तिका लागि दरबन्दी खुला गरिएको आयोगले जारी गरेको विज्ञापनान जनाईएको छ । नेपाली विषयका लागि १ सय ६२ जना, अंग्रेजी विषयका लागि ३ सय २६ जना, गणित विषयका लागि १४२ जना, विज्ञान विषयका लागि १५३ जना स्थायी शिक्षक पदपूर्ति गरिने भएको आयोगले निकालेको विज्ञापनमा जनाईएको छ । यस्तै, सामाजिक विषयमा १७२, गणित विज्ञानमा १५५, संस्कृत ब्याकरणमा ४, संस्कृत भाषामा १ र कम्युटर विज्ञानमा २ जनाको दरबन्दीका लागि विज्ञापन प्रशासन गरिएको छ ।

असार १२ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर तिरेर भने असार १९ गतेसम्म दरखास्त दिन सकिनेछ । लिखित परीक्षा भदौ ११ गते विहान ८ बजेदेखि शुरु हुने जनाइएको छ ।

teacher1

teacher2

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts