काठमाडौं,जेठ २५ । वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन भएको छ । लामो समयदेखि बिरामी पर्नु भएका गुरुङको मंगलवार विहान २ बजेर ३७ मिनेटमा निधन भएको हो । महीनादिन अघिमात्र भारतमा उपचारपछि फर्कनुभएका गुरुङ रोगले च्यापेपछि हप्तादिन अघि अस्पताल भर्ना हुनुभएको थियो । अन्ननलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ राष्ट्रिय गानका सङ्गीतकार समेत हुनुहुन्छ ।
सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मनुभएका गुरुङले नेपाली संगित क्षेत्रको उत्थानको लागि महत्वपूर्ण योगदान दिनुभएको छ । राष्ट्रियगानका संगितकार समेत रहेका गुरुङले सयौंको संख्यामा लोकप्रिय र कालजयी नेपाली गीतहरुमा स्वर तथा संगीत भर्नुभएको छ ।
महाकबि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय गीतिनाटक कुन्जिनी र मुनामदन, राष्ट्रकवि माधव घिमिरेको लोकप्रिय गीतिनाटक मालति मङ्गले लगायतका कृतिहरुमा पनि गुरुङले संगित दिएका छन् । गुरुङका पत्नी तीन छोरा र एक छोरी हुनुहुन्छ । सयौं थुंगा नेपालीको एउटै माला नेपालीलाई संगीतले जोडेर अमर बनाउने अम्बर गुरुङ आफ्ना सिर्जनामार्फत जुगजुग अमर रहनेछन् ।
No comments:
Post a Comment