Wednesday, June 1, 2016

संसद् भवनको भाडा वार्षिक नौ करोड ६१ लाख

काठमाडौं,जेठ २० । पहिलेको सिंहदरबारस्थित संसद् भवन (ग्यालरी बैठक) साँघुरो हुने भएपछि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवनमा व्यवस्थापिका–संसद् सञ्चालनमा छ । ०६४ मा संविधानसभा निर्वाचन भएपछि केन्द्रमा संसद् बैठक गरिएको हो । संसद् सचिवालयले ०६५ देखि भाडामा भवन प्रयोग गर्दै आएको छ । भवनको भाडा वार्षिक नौ करोड ६१ लाख रुपैयाँ रहेको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

०६५ यता संसद् सचिवालयले भवन भाडा मात्र ७६ करोड ८८ लाख रुपैयाँ तिरेको छ । ‘यो त देखिएको खर्च मात्र हो, अन्य नदेखिने खर्च पनि धेरै भएका छन्,’ संसद् सचिवालयका सहसचिव सोमबहादुर थापाले नयाँ पत्रिकासँग भने, ‘सुरक्षाकर्मी तथा कर्मचारीको बन्दोबस्ती दुईतिर हुँदा, यातायात, दौडधुपलगायतका कुराले नदेखिने खर्च बढाएको छ।’

व्यवस्थापिका–संसद् भवन बनाउने विषय उठेको झन्डै १८ वर्ष भएको छ । तर, अहिले सिंहदरबारस्थित पुतली बगैँचामै संसद् भवन बनाउने गरी संसद् सचिवालयले प्रक्रिया अगाडि बढाएको छ । तर, सरकारले यस वर्ष जम्मा ५० लाख रुपैयाँ बजेट मात्र विनियोजन गरेको छ ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०५५ मै सिंहदरबारस्थित पुतली बगैँचाको जग्गामा संसद् भवन बनाउने निर्णय गरेको थियो । तर, स्थानका विषयमा विवाद भयो ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एकै ठाउँमा रहँदा संकुचन हुने भन्दै संसद् भवन बाहिर बनाउनुपर्ने आवाज उठेपछि विभिन्न अध्ययन समिति बनेका थिए । ती समितिले पुतली बगैँचामै भवन बनाउन उपयुक्त हुने निष्कर्ष दिएका छन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts