Sunday, May 15, 2016

गठबन्धन आन्दोलनलाई साथ दिए कारबाही गरिनेः प्रचण्ड

काठमाडौं,जेठ ३ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेसकेन्द्रित दलले आह्वान गरेको सिंहदरबार घेराउ कार्यक्रम उक्साहटमा भएको आरोप लगाउँदै सहभागी नहुन निर्देशन दिए पनि पार्टीका केही नेता र कार्यकर्ताले अवज्ञा गरेका छन् । आजको अन्नपूर्ण दैनिकमा रेवती सापकोटा लेख्छन्– दाहालले शनिबार केन्द्रिय समिति बैठकमा सिंहदरबार घेराउमा सहभागिता र संलग्नता नरहने प्रष्ट पार्दै त्यस्तो पाइए कारबाही गर्ने चेतावनी दिएका थिए ।

‘यो आन्दोलनमा पूर्वराजावादीहरुको पनि उक्साहट छ । आन्दोलनलाई उत्तेजित बनाएर भड्काउन खोजिँदैछ । त्यसैले हाम्रो सहभागिता र संलग्नता रहदैन ।’ दाहालले केन्द्रिय समिति बैठकमा भनेको थिए । आन्दोलनमा सहभागी नेता र कार्यकर्ताले भने एमाओवादीको पुरानै नीतिका कारण आन्दोलनमा सहभागी हुनुपर्ने बाध्यात्मक अवस्था रहेको दाहाललाई आइतबार बताए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts