Sunday, May 15, 2016

फाष्ट ट्रयाक बनाउन १५ अर्ब

काठमाडौं,जेठ ३ । सरकारले स्वदेशी लगानीबाटै काठमाडौं तराई फास्ट ट्रयाक निर्माणका लागि आगामी आर्थिक वर्षमा १५ अर्ब रुपैयाँसम्म बजेट विनियोजन गर्ने भएको छ । सरकारको यो निर्णयसँगै राष्ट्रिय गौरवको यो आयोजना ओगटेर चर्को मूल्य उठाउने भारतीय व्यवस्थापन कम्पनीको योजना विफल हुने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले सडक विभागमार्फत आयोजना अघि बढाउने गरी नयाँ बजेटमा छुट्टै कार्यक्रम तयार गरिरहेको छ ।

प्रधानमन्त्री केपी ओलीले शुक्रबार संसद्बाटै आयोजना स्वदेशी लगानीमै बनाउने जानकारी दिएपछि विषयगत मन्त्रालयले केही दिनभित्रै राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा कार्यक्रम र बजेट प्रस्ताव गर्दैछ । आजको कारोबार दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts