Tuesday, May 3, 2016

एथ्लेटिको मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी,बैशाख २२ । स्पेनिस क्लब एथ्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बार्यन म्युनिखसँग २–१ ले पराजित भएर समग्रमा २–२ को बराबरी भएपनि अवे गोलका आधारमा एथ्लेटिको मड्रिडले फाइनलमा स्थान बनाएको हो ।

बायर्नले दोस्रो लेगमा राम्रो खेलको प्रदर्शन गरेको थियो। खेलको ३१औं मिनेटमा जावी एलोन्सोले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। खेलको ५४औं मिनेटमा एथ्लेटिकोका ग्रिजम्यानले गोल फर्काउँदै खेल १-१ गोलको बराबरीमा पुर्‍याएका थिए।

७४औं मिनेटमा बायर्नका रोबर्ट लेवनोस्कीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। जुन गोल पछि खेलको नतिजा निर्धारण गर्न पर्याप्त रह्यो। दुवै टोलीले पाएको १-१ पेनाल्टी गुमाएका थिए। बायर्नका थोमस मुलरले प्रहार गरेको पेनाल्टी एथ्लेटिकोका गोलकिपर जान ओब्लाकले बचाएका थिए भने केलको ८४औं मिनेटमा एथ्लेटिकोका फरनान्डो टोरेसले प्रहार गरेको पेनाल्टी जर्मन किपर नेउरले बचाएका थिए।

दुई टोली बिच बायर्नको घरेलु मैदानमा भएको खेलमा बायर्नले धेरै हदसम्म राम्रो खेलेको थियो । बायर्नको हरसंभव प्रयाका बिचमा ठुलो बाधा बनेर बसे एथ्लेटिकोका गोलकिपर जन ओब्लाक। उनले धेरै नै राम्रा बचाउ गरेको कारण बायर्न फाईनल पुग्नबाट रोकिएको थियो। एथ्लेटिको मड्रिड बार्यन म्युनिखसँग सन् १९७४ को युरोपियन कपको फाइनलमा पराजित भएको थियो भने दुई वर्ष अघि च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडसँग हारेको थियो । तेस्रो पटक फाइनलमा पुगेको एथ्लेटिको यो पटक उपाधि जित्ने दाउमा छ ।

एथ्लेटिकोले रियाल मड्रिड र म्यानचेस्टर सिटीको बिजेतासँग फाईनल खेल खेल्नेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts