Saturday, May 21, 2016

उपभोक्ताबाट चर्को मुल्य असुलेपछि निगमको मासिक कमाई अर्ब

काठमाडौं,जेठ ९ । मे महिनाको पहिलो १५ दिनको वास्तविक र आउँदो प्रक्षेपण हेर्ने हो भने आयल निगमले सजिलै १ अर्ब रुपैयाँ नाफा कमाउने देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य धेरै बढेन र यहाँ पनि घटाउन दबाब परेन भने निगमले आगामी ४ महिनाभित्र सबै ऋण तिरिसक्ने छ । कान्तिपुर दैनिकमा समाचार छ।

मेको पहिलो १५ दिनमा निगमले ६६ करोड रुपैयाँ पेट्रोलियम पदार्थको कारोबारबाट खुद मुनाफा आर्जन गरेको छ । अबको १५ दिनमा ४३ करोड मुनाफा हुने प्रक्षेपण पनि निगमको छ । यस आधारमा निगमलाई मे महिनामा मात्रै करिब १ अर्ब १० करोड मुनाफा हुने छ ।
‘आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पाक्षिक नाफा ४३ करोड ९ लाख रुपैयाँ प्रक्षेपण गरेका छौं,’ निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले भने । आईओसीले १५र१५ दिनमा इन्धनको नयाँ मूल्यसूची पठाउँछ । सोहीअनुसार निगमले नाफारघाटा समायोजन गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ३० डलरभन्दा तल झरेपछि निगमको मुनाफा हवात्तै बढेको हो । नाकाबन्दीको समयमा आपूर्ति नघटेको भए निगमको नाफा अझ बढी हुने थियो । अहिले पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ४८ डलरको हाराहारीमा छ । अन्तर्राष्टिय बजारको अनुपातमा यहाँ भने इन्धनको मूल्य घटेन ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts