एजेन्सी,जेठ ८ । कार्लोस टेभेज र पोउला डाइबाला कोपा अमेरिका फुटबलका लागि अर्जेन्टिनाको २३ सदस्यीय टोलीबाट बाहिरिएका छन् । २०१५ मा युभेन्टसलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका टेभेज त्यसपछि अर्जेन्टिना फर्किएका छन् र अर्जेन्टिना जाइन्ट्र्स बोका जुनयर्सबाट खेलिरहेका छन् । प्रशिक्षक गेरार्डो मार्टिनोले आफ्नो टिम घोषणा गरेका छन् । ३२ वर्षे टेभेजको मदतमा बोका जुनियर्सले २०१५ को प्रिमिरा डिभिजनको उपाधि जितेको छ । तर, अर्जेन्टिनाको टिममा पर्न असफल रहे ।
२२ वर्षका डाइबाला युभेन्टसमा टेभेजको स्थान लिए । क्लबका लागि ४५ खेलमा २३ गोल गरेका छन् । तर, प्रशिक्षक मार्टिनोले उनलाई रोजनन् । अर्जेन्टिनाको टिममा लिओनल मेस्सीसँगै सर्जिओ एग्युरो, जोन्जालो हिगुइन लगायत छन् ।
No comments:
Post a Comment