काठमाडौं,जेठ १० । नवलपरासी, जेठ १० नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकार र आन्दोलनरत संघीय गठबन्धनबिचको वार्ताका लागि नेपाली कांग्रेसले मध्यस्थता गर्ने बताउनुभयो । रिपोर्टर्स क्लबले सोमबार नवलपरासीमा गरेको कार्यक्रममा नेता पौडेलले समस्या समाधान गर्न आन्दोलनकारी र सरकारबिच मध्यस्थता गर्नु पर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको र आफूहरुले त्यसका लागि पहल थाल्ने बताउनुभयो । पौडेलले भन्नुभयो ‘मुलुक डेडलकमा फसेको छ ।
हामी सबै पक्षसँग कुरा गरेर वार्ताको वातावरण बनाउँछौ ।’ उहाँले कांग्रेसले अब वार्तासँगै संविधान कार्यान्वयनका लागि समेत नेतृत्व लिने स्पष्ट पार्नुभयो । नेता पौडेलले भन्नुभयो ‘देशमा तत्काल देखिएको विभिन्न समस्या समाधानमा कांग्रेस अघि बढ्छ । अब देशलाई निकास दिन कांग्रेसले संविधान कार्यान्वन तथा लोकतन्त्र संस्थागत गर्न आफूलाई केन्द्रित गर्छ ।’ उनले सरकारले घोषणा गरेका स्थानीय निर्वाचन कुनै औचित्य नभएको दावी गर्दै देश संघीयता तर्फ उन्मुख भईसकेकोले पुरानौ गाविस वा नगरपालिकाको नभई संघीयता आधारमा गाउँपालिका ,नगरपालिका अनुसारको निर्वाचन आवश्यक रहेको जिकिर गरे।
No comments:
Post a Comment