काठमाडौं,जेठ ४ । नेपाली दरबारमा काजीहरु बलिया हुन्थे, प्रशासनमा । काजीको आदेशविना कुनै काम पनि हुँदैन थियो । इतिहाँस हेर्ने हो भने कतिपय र महरासम्मलाई साइड लगाइदिए । स्वच्छ र शालिन छवि देखाउने नारायणकाजीले अध्यक्ष प्रचण्ड निकट रहेका नेता र सचिवालयका सदस्यहरुमाथि नियोजित प्रहार गरेका छन् । चीनको कम्युनिष्ट पार्टीले एमाओवादीका नेताहरुलाई चीन भ्रमणमा पठाएको निम्तोमा आफुुखुसी टोली बनाएर नारायणकाजीले एमाओवादीमा आफ्नो ‘काजी’ छवि प्रस्ट्याए ।
नेपालस्थित चीनियाँ दूतावासले एमाओवादीका नेताहरुलाई चीन भ्रमणका लागि नामै तोकेर पत्र पठाएको थियो । दूतावासका राजनीतिक तथा प्रेस मामिला हेर्ने प्रमूख जियाङ वीले नारायणकाजीलाई पत्र लेखी चीन भ्रमणका लागि महासचिव कृष्णबहादुर महराको नेतृत्वमा प्रचण्डको सचिवालयमा रहेका प्रचण्डपुत्र प्रकाश दाहाललाई पनि अनिवार्य टोलीमा समावेश गराउनका लागि आग्रह गरेका थिए ।
तर, नारायणकाजीले चन्द्रप्रकाश खनालको नेतृत्वमा चीन भ्रमणको टोली गठन गरी प्रचण्डको सचिवालयका सदस्यहरुको पनि नाम काटेका छन् । दूतावासको पत्रमा भनिएको छ,‘चीनीयाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय केन्द्रिय विभाग एमाओवादीका महासचिव कृष्णबहादुर महराको नेतृत्वमा १५ सदस्यीय चिनियाँ भ्रमण टोलीलाई स्वागत गर्न चहान्छ ।
जहाँ एमाओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाललाई अनिवार्य राखियोस् ।’ १९ अप्रिलमा दूतावासले पठाएको पत्रमा १० मेदेखि हुने ९ दिने भ्रमणमा महराको संयोजकत्व, प्रकाश दाहालको अनिवार्य सहभागीता र एकजना ठूलो मिडियाका पत्रकारलाई पनि सहभागी गराउनका लागि भनिएको छ ।
तर, नारायणकाजीले दूतावासको उक्त प्रष्ट अनुरोधसहितको पत्रविपरित चन्द्रप्रकाश खनालको नेतृत्वमा टोली गठन गरी प्रकाश दाहालको नाम हटाएका छन् । पछिल्लो समय लाजिम्पाटसँग सम्बन्धलाई चिसो बनाउँदै गएका नारायणकाजीले प्रचण्डलाई कमजोर बनाउने भारतीय चासोअनुसार आफुखुसी निर्णय गर्न थालेको बताइन्छ ।
प्रचण्डले महासचिव भएका हिसावले महरालाई बढि चासो दिने र सचिवालयले पार्टी हितका लागि मात्र काम गरेपछि नारायणकाजी लाजिम्पाटलाई आफ्नो ध्वाँस देखाउनका लागि यस्तो निर्णयमा पुगिरहेको बताइएको छ । प्रचण्डले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग गरेको ९ बुँदे सहमतिको विरोधमा पनि नारायणकाजी लागेको स्रोतहरुले बताएका छन् । उता, नारायणकाजी अहिले भारतसँग टाँसिएका छन् । चीनसँग नेपालले गरेका सम्झौताहरु र विकासको साझेदारीको विषयमा मनखुसी रुपमा पत्रकार सम्मेलनगरी बताउने गरेका छन् ।
आफु फरक देखिन भने उनले त्यसको गरेका होइनन् । भारतको चासोमा रहेका डा. बाबुराम भट्टराइले पार्टी छाडेपछि एक्लो उपाध्यक्ष भएर वरियताको फाइदामात्र उनले उठाएका छैनन्, एमाओवादीको भारतीय सुत्राधार बन्ने प्रयास पनि गरिरहेका छन् ।
संविधान जारी पूर्व भारतीय विदेश सचिव एस जयशंकरलाई दरिलो जवाफ दिएर प्रचण्डले पठाएपछि भारत–एमाओवादी सम्बन्ध विग्रिएको थियो । अहिले सरकार परिवर्तनको खेलमा पनि भारतीय कार्डका रुपमा प्रचण्ड प्रयोग नभएपछि नारायणकाजी प्रयोग हुन थालेका छन् । जनप्रहार साप्ताहिकमा खबर छ ।
No comments:
Post a Comment