Friday, May 13, 2016

देउवा एकलौटी ढंगले अघि बढेको भन्दै पार्टीभित्र असन्तुष्टि

काठमाडौं,जेठ १ । कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढेको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ । पार्टीमा छलफल नै नगरी सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममाथि सभापति देउवाले निकट व्यक्तिलाई संशोधन हाल्न लगाएको गुनासो गर्दै सदस्यहरूले तत्काल केन्द्रिय समिति बैठक बोलाउन माग गरेको आजको नागरिक दैनिकमा समाचार छ ।

सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम, आगामी बजेटका साथै सरकार परिवर्तनको असफल खेलका विषयमा छलफल गर्न बैठक आवश्यक भएको उनीहरूको दाबी छ ।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सरकारक परिवर्तनसँग उठेको विषय र त्यसको समीक्षाका लागि तत्काल केन्द्रीय समिति बैठक बोलाउनुपर्ने बताए ।

पार्टीभित्र छलफलनै नगरि सरकार परिवर्तनको खेलमा लाग्दा देउवाले पार्टीलाई नोक्सान पुर्‍याएको सदस्यहरुको बुझाइ छ ।,

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts